खोप अभियानमा सहभागी हुन सबैमा राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भ्रममा नपरी निश्चिन्तताका साथ कोरोना भाइरस विरुद्धको खोप अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।
त्रिभुव विश्वविद्यालय शिक्षण अस्पतालमा आज खोप लगाउनु भएपछि राष्ट्रपति भण्डारीले नेपाली जनतालाई छिटो कोरोना भ्याक्सिन उपलब्ध गराएकोमा दातृ निकाय र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सबै नेपालीले कोरोनाको भ्याक्सिन लगाइसके पछि मात्र लगाउने आफ्नो इच्छा भए पनि विदेश जानु परेकाले छिटो खोप लगाएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्