लक्षित समूहमा परेका ६८ प्रतिशतमा कोरोनाविरुद्धको खोप लगाइयो
काठमाडौँ । लक्षित समूहमा परेका ६८ प्रतिशत मानिसमा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना विरुद्धको खोप अभियानको पहिलो र दोस्रो प्राथमिकतामा परेका ६८ प्रतिशतले खोप लगाइसकेको जानकारी दिनुभयो ।
यस्तै दोस्रो चरणको खोप अभियानमा हालसम्म ६३ प्रतिशत अर्थात् ११ लाख १६ हजार ५ सय ३२ जनाले खोप लगाएको प्रा. डा गौतमले जानकारी गराउनुभयो ।
दोस्रो चरणमा ५५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप दिने लक्ष्य रहेको छ ।
यस्तै, आज ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ३ सय ११ वटा नमूनाको परिक्षण गर्दा काठमाडौँ उपत्यकामा ४१ सहित ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।
यस्तै आज ७५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्