तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्रालयद्वारा आमसञ्चार क्षेत्रसँग सुझाव सङ्कलन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा समेट्नुपर्ने विषय बारे सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको छलफलमा आमसञ्चार क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरूसँग सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा  समेट्नुपर्ने विषयमा सुझाव लिएको हो ।

छलफलमा सहभागीहरूले दूरगामी प्रभाव पार्ने विगतका कार्यक्रमहरू समेट्दै राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र विज्ञापन बोर्डलाई संस्थागत गर्ने लगायत पत्रकारको हित संरक्षणका विषय समेट्न सुझाव दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्राप्त सुझावहरूलाई सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा समेट्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सरकारको नीति र लक्ष्य अनुरूप रेडियोको पहुँच वृद्धि गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन गर्न ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

सरकारले मन्त्रालयगत नीति, कार्यक्रम तथा बजेट पहिलो हप्ता भित्र प्रधानमन्त्री कार्यालयमा र दोस्रो हप्ताभित्र अर्थ मन्त्रालय र  राष्ट्रिय योजना आयोगमा पठाउन समय सीमा तोकिदिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button