विश्व उपभोक्ता अधिकार दिवसमा वीरगंजमा र्याली

बीरगंज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज वीरगंजमा उपभोक्ता जागरण सम्बन्धी र्याली निकालिएको छ ।
वाणिज्य उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान भन्ने नाराका साथ र्याली निकालिएको हो ।
वीरगंजको घण्टा घरबाट निस्किएको र्यालीले नगर परिक्रमा गरी पुनः घण्टा घरमा आएर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्न महानगरपालिकाले विशेष अभियान सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले उपभोक्ता सचेत नबन्दासम्म प्लास्टिक प्रयोग नरोकिने बताउँदै आफ्नो स्वास्थ्यका लागि उपभोक्ताहरू पनि जिम्मेवार बन्नुपर्दछ भन्नुभयो ।
वाणिज्य उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख जित बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च प्रदेश २ का अध्यक्ष केसी लामिछाने, श्याम बन्जारा लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्