विकास निमार्णमा शक्रिय बन्दै महिलाहरु

सल्यान।ग्रामीण क्षेत्रका महिला आफ्नो गाउँको विकास निर्माणका काममा निकै सक्रिय हुने गरेका छन् । ग्रामीण क्षेत्रका धेरै जसो पुरुष मजदुरी गर्न भारत गएकाले स्थानीय तहमा सञ्चालित विकास निर्माणका काम महिलाले नै गर्दै आएका छन् ।
गाउँमै बिकास निर्माणको काम गर्न पाउँदा निकै खुसि लागेको दार्मा गाउँपालिकाकी शान्तावर कामीले बताइन । श्रीमान रोजगारी खोज्न भारत गएपछि केन्द्रीय र प्रदेश सरकारले गाउँमै सन्चालन गरेको सडक निर्माण कार्यमा जुटेको उनको भनाई छ । उनले भनिन ‘पहिले चुलो चौकोमा मात्र सीमित हुने महिलाहरु विकास निमार्णका हरेक काममा सहभागी हुँदै आईरहेका छन् ।’

गाउँमा पुरुष अभाव भएकाले स्थानीय सरकारले बनाउने बाटो, खानेपानी, पुलपुलेसा जस्ता बिकास निर्माणका काममा अग्रसर हुदै आएका महिलाले पुरुष समान ज्याला पाउने गरेका छन् । गाउँमै हुने बिकास निर्माण काममा महिलाको समान सहभागिताले पुरुष सरह काम गर्दै आइरहेको बालिका केसीको भनाई छ ।
स्थानीय तहमा बेरोजगारी सुचिमा पनि पुरुषको तुलनामा महिलाको संख्या बढि देखिने गरेको छ । बेरोजगारी हटाउनका लागि स्थानीय सरकारले ल्याएको रोजगारका कार्यक्रममा काम गर्ने एउटा पनि पुरुष भेटिदैनन् । युवा र पुरुष जति सबै वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएको र गाउँमा पुरुष नभएका कारण पनि स्थानिय रोजगारीमा बढि महिलाको सहभागिता बढेको गोविन्द केसीको भनाइ छ ।

बिकास निर्माणका काममा मात्र नभएर गाउँमा गठन हुने उपभोक्ता समितिदेखि हरेक स–साना समुहमा समेत महिलाको उपस्थिति र सहभागिता उल्लेखनीय रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । पहिले महिला सामाजिक काममा जानु हुँदैन भन्नेहरुले अहिले बिकासमा देखिएको महिलाको सक्रियतालाई सहज रुपमा लिन थालेको उहाँको भनाई छ । विकास निर्माणका काममा देखिएको महिलाको सहभागिताले समाजमा रहेको कूसंस्कार अन्त्यका लागि समेत सहयोग पुगेको उहाँको भनाई छ ।
सल्यानका दसवटै स्थानीय तहले सञ्चालन गरेका विकास निमार्ण देखि सामाजिक काममा समेत पुरुषको तुलनामा महिलाको उल्लेनिय सहभागिता हुँदै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्