तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको पैयुँ गाउँपालिकामा हाकिम नहु्दाँ तलव बिहिन कर्मचारी

पर्वत ।  जिल्लाको सदरमुकाम कुश्मा बजार देखि दक्षिणमा पर्ने पैयुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तलब बिहिन भएका हुन् ।

सो गाउँपालिकामा रहनुभएका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल उपसचिवमा बढुवा भई कन्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई गएपछि पैयुँ गाउँपालिका निमित्तको भरमा चलेको हो ।

पौडेलको सरुवा भए यता दुई महिना देखि गाउँपालिकामा कार्यरत कर्मचारी तलब बिहिन भएका हुन् । पर्वतको पैयुँ गाउँपालिका विगत दुई महिना देखि निमित्तको भरमा चलिरहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा लेखा अधिकृत सरोज पराजुलीले प्रशासनिक कामकाज चलाईरहनुभएको छ । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोवार, नीतिगत निणर्य तथा अन्य दैनिक प्रशासनिक कामकाजहरुमा समस्या भएको बताउनुभयो ।

आर्थिक वर्ष अन्तिम तिर आउँदै गर्दा धेरै विकास निर्माणका कामहरु शुरु गर्नुपर्ने र उपभोक्ता समितिले गरेका काममा आर्थिक भुक्तानी दिनुपर्ने कार्य रोकिएको बताउनुभयो  । प्रमुख प्रशासकीय अधिकृत माग गरि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुगेपनि अहिले सम्म कसैलाई नपठाएको अध्यक्ष तिवारीले गुनासो गर्नुभयो ।

गाउँपालिकाले चालु वर्ष प्रशासनिक भवन, २ वटा वडाको भवन निर्माण गर्ने र कोभिड अस्पताल निर्माण गर्ने, विभिन्न खाले ऐन तथा नियमावली जारी गर्ने र विकास निर्माणका काम गर्ने लक्ष्य राखेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काममा अलमल रहेको तिवारीले बताउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोज पराजुलीले आफुलाई आर्थिक अख्तियारी नहुँदा आर्थिक कारोवारका काम सबै रोकिएको जानकारी दिनुभयो । उहाँले दैनिक प्रशासन चलाउने र कार्यपालिकाका बैठक बसाल्ने बाहेक अन्य काम गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button