तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने ७ टेलरलाई कारवाही

कपिलवस्तु ।  जिल्लामा भित्रिने भारतीय टेलर र ट्रकहरुमा अवैधरुपमा पेेेट्रोलियम पदार्थ  ओेसारपाेसार शुरु भएकाे छ ।

कृष्णनगर स्थित नेपाल-भारत सिमा नजिक रहेका केही पेट्रोल पम्पहरुबाट नेपाल भित्रेका भारतिय मालवाहक टेलर तथा ट्रकहरु फर्किने क्रममा अवैधरुपमा डिजल ओसार पाेसार गर्दै आएकाे तथ्य खुले पछि ७ वटा टेलरलाई कृष्णनगर प्रहरीले कर्यवाहि गरेकाे छ ।

पेट्रोलियम पदार्थहरु भारत हुँदै नेपाल आयात भए पनि भारतमा पेट्रोल , डिजलकाे मूल्य बढी भएकाेले कृष्णनगर-चन्द्राैटा ओैधाेगिक क्षेत्रमा कच्चा पदार्थ तथा काेयला पुर्याउने लगायतका ढुवानी गर्ने माल वाहक गाडीहरुले तिनदेखि पांच अतिरिक्त ट्यांकी जडान गरि ओसार पाेसार गर्दै आएका छन ।
भारतमा डिजल प्रति लिटर नेपाली रुपैयाँ १३९ दशमलव ५७ छ र पेट्रोल १५० दशमलब ४३ प्रति लिटर रहेको छ भने नेपालमा डिजल प्रति लिटर नेपाली रुपैयाँ ९७ दशमलब ५० छ भने पेट्रोल ११४ दशमलब ५० प्रति लिटर मात्र रहेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले केही टेलरहरुकाे चेकजाँच गर्दा सात वटा गाडीमा अतिरिक्त ट्यांकी जडान गरि लगभग ४ लाख १५ हजार बराबरकाे ४२ सय लिटर डिजल बरामद गरेकाे थियाे । डिजल निकाली बुटवल राजस्व कार्यलय पठाउने प्रकृया अघि बढेकाे र टेलर तथा ट्रकलाई छाडिएकाे इप्रका कृष्णनगरले जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button