८ महिनामा ९९ प्रतिशत राजस्व सङ्कलन
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकको समग्र आन्तरिक राजस्व सङ्कलन ९९ प्रतिशत भएको छ ।
आन्तरिक राजस्व विभागलाई आठ महिनाको लागि २ खर्ब ५५ अर्बको राजस्व सङ्कलनको लक्ष्य दिएकोमा यस अवधिमा २ खर्ब ५३ अर्ब राजस्व सङ्कलन भएको विभागका महानिर्देशक भक्कप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यस अवधिमा आयकर तर्फ ९८ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ १११ प्रतिशत र अन्त शुल्क तर्फ ८६ प्रतिशत रकम सङ्कलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्