नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न
काठमाडौँ । नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
पाकिस्तान दूतावासले आयोजना गरेको छैटौँ संस्करणको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कप नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
छैटौँ संस्करणको प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । शनिबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेटले एन्जल्स हार्ट एकेडेमीलाई १०७ रनले पराजित गरेको थियो ।
विजेता र उपविजेता टोलीलाई राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्रले मेडल प्रदान गरेका थिए । कार्यक्रमको समापन नेपालका लागि पाकिस्तान राजदूत शैयद हैदर शाले गर्नुभएको थियो । दुई देशबिच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्