मुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खुला रक्तदान सम्पन्न

बीरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राउण्ड टेबल नेपाल वीरगंजको आयोजनामा तथा ग्रिन सिटी सामुदायिक केन्द्र आदर्श नगरको व्यवस्थापनमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा १० महिला ५३ पुरुषसहित ६३ जनाले रक्तदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवरको उपस्थितिमा सम्पन्न कार्यक्रममा ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक शाह, राउण्ड टेबल वीरगंज एरिया ३ का संयोजक पङ्कज अग्रवाल, विनोद पटेल, मिना कुमारी बडाल, सञ्जय शर्मा, मुरली जलान, कविता खेतान, ज्योति रुंगटा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्