ठुलो परिणाममा लागु औषधसहित दुई जना पक्राउ

बीरगंज । पर्सा प्रहरीले भारतको रक्सौलबाट ठुलो परिणाममा अवैध लागु औषधसहित नाइट्रोभेट र ओनेरएक्स ल्याइरहेको अवस्थामा वीरगंजको रजत जयन्ती चोकबाट आज दिउँसो दुई जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरो बीरगञ्ज पर्साको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा आज दिउँसो बीरगञ्ज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोक नजिकै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा तरकारी बोक्ने बोरामा लुकाइछिपाई ५० बोतल १ सय एमएलको ओनेरएक्स र ३ सय पिस नाईट्रोभेट ट्याब्लेटसहित भारत उत्तर प्रदेश गोरखपुरका ५५ वर्षीय रमेश दास र हेटाँैडा उपमहानगरपालिका वडा नम्बर ९ निवासी २९ वर्षीय राम कुमार देउजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्