डडेलधुराका सामुदायिक वनमा अवैध रुपमा रुख कटानी

डडेलधुरा । डडेलधुरामा पछिल्लो समय आबादी जमिनको रुख भन्दै सामुदायिक वनमा अवैध रुपमा रुख कटानी हुन थालेको छ ।
डिभिजन वन कार्यालय डडेलधुरासहित स्थानीय बासिन्दाको मिलेमतोमा आबादीको काठ भन्दै सामुदायिक वनमा अवैध रुपमा सल्लाका रुख काटिन थालेका हुन ।
जिल्लाको अजयमेरु गाउँपालिका सहितका विभिन्न स्थानमा आबादीको भन्दै सामुदायिक वनमा सल्लाका रुख काटिन थालिएको स्थानीयवासी टेकराज पनेरुले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय डडेलधुरालाई जानकारी हुँदाहुँदै पनि कुनै कारबाही नगरेको उहाँको गुनासो छ ।
आबादीको मात्रै नभई सामुदायिक वनमा काँचो सल्लाका रुख धमाधम काटिन थालिएको स्थानीयले बताएका छन ।
सामुदायिक वनको कार्य योजना अनुसार ढला, पढा, सुख्खा सल्लाका रुख काट्नु पर्ने भए पनि बढी मूल्य पाउने भएपछि सामुदायिक वनमा काँचो सल्लाका रुखका काटिन थालिएका छन् ।
यस विषयमा डिभिजन बन कार्यालय डडेलधुराले गुनासो आएको र छिट्टै घटनास्थलतर्फ बन कर्मचारीको टोली पठाउने आश्वासन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्