तपाईँ सुन्दै हुनुहुन्छः

बाल कलेजो प्रत्यारोपण सम्पन्न गरेकोमा प्रधानमन्त्रीबाट बधाई

काठमाडौँ । नेपालमा पहिलो पटक बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

आजै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. रमेशसिंहको नेतृत्वले बाल कलेजो प्रत्यारोपण सम्पन्न गरेको हो ।

कलेजो प्रत्यारोपण सेवा विस्तारमा सहयोग पुर्‍याउन नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका डा. विवेक झा र उहाँको टिमलाई समेत प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नु भएको छ ।

साथै कलेजो प्रत्यारोपण सेवालाई नेपालमा स्थापित गरी अन्य सेवाहरू जस्तै सर्वसुलभ बनाउन पनि सरकारबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button