तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय सरकारको पहलमा सडक मानवको उद्धार 

डडेलधुरा । स्थानीय सरकारको पहलमा जिल्लामा घुमन्ते जीवन निर्वाह गरिरहेका ५ जनालाई उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाएको छ ।

जिल्लाको अजयमेरु गाउँपालिकाका विभिन्न स्थानमा सडकमै लामो समयदेखि बसोबास गर्दै आएका ५ जनालाई गाउँपालिका अध्यक्ष उमेश भट्टको अगुवाइमा आश्रम लगिएको जनाएको छ ।

बेसहारा उनीहरूमध्ये सबैको मानसिक स्थिति असामान्य रहेको आश्रमका संयोजक आदर्श ढकालले बताउनु भएको छ । ती सबैलाई पूर्णरुपमा स्वस्थ्य बनाई छिट्टै पारिवारिक मिलन गराउने उहाँको भनाई छ ।

उक्त कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई समेत परिचालन गर्ने व्यवस्था अनुसार अजयमेरु गाउँपालिका र मानव सेवा आश्रम धनगढीबिच दुई पक्षीय सम्झौता गरी गाउँपालिकाको समन्वयमा आश्रममा ल्याइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button