तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (माओवादी केन्द्र) बैठकः सबै कम्युनिष्टलाई समेटेर जानुपर्ने धारणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलि पुनः बस्ने गरी आजको बैठक सकिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आजको बैठकमा विभिन्न प्रदेशका नेताहरूले प्रदेशको अवस्थाबारे धारणा राख्नुभएको थियो ।
बैठकमा प्रदेशका नेताहरूले पूर्वमाओवादी केन्द्रका केही नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताउनुभएको थियो ।
बैठकमा केही नेताले भने अझै पनि सम्भावना रहेको भन्दै सबै कम्युनिष्टलाई समेटेर जानु पर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, विधान, सङ्गठनात्मक काम र पार्टीमा अनुशासनको कारबाही र कार्यकर्ता भेला लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठक पुनः भोलि बिहान ११ बज बस्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button