बारामा ७ महिनामा ४४ जनाले आत्महत्या गरे

बारा । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा बारामा ४४ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक बर्ष २०७७/०७८ को साउन देखि माघ सम्मको अवधिमा १ सय १९ वटा मुद्धाहरु प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ज्यान मार्ने उद्योगमा २८ वटा, लागुऔषध मुुद्धामा २९ वटा, जबरजस्तीकरणी मुद्धामा २० वटा र अन्य विभिन्न मुद्धामा गरी एक सय १९ वटा मुद्धाहरु दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
लागुऔषध मुद्धामा ४९ जना मानिसहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्