सोलुखुम्बुमा साढे ३ हजार बढीले कोरोनाको खोप लगाए

सोलुखुम्बु । सोलुखुम्बुमा दोस्रो चरणमा ५५ वर्ष माथिका ज्येष्ठ नागरिक सहित ३ हजार ६ सय बढीले कोरोनाको खोप लगाएका छन् । फागुन २३ गतेबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा सोलुखुम्बुका चार स्थानीय तहमा ३ हजार ६६३ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दोस्रो चरणको पहिलो अभियानमा महाकुलुङ गाउँपालिकामा १ हजार १२२, सोताङ गाउँपालिकामा ६२३, नेचासल्यान गाउँपालिकामा एक हजार ३२१ र लिखुपिके गाउँपालिकामा ५९८ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो ।
जिल्लामा पहिलो चरणमा छुटेका कर्मचारी, पत्रकार, जनप्रतिनिधि सहित ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । बाँकी अन्य स्थानमा पनि चाँडै खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्