कोशी कोरिडोरले क्षतिपूर्ति नदिएको पीडितको गुनासो

धनकुटा । राष्ट्रिय गौरवको परियोजनाको रुपमा सञ्चालन भइरहेको कोशी कोरिडोर-२२० केभी नेपाल विद्युत् प्राधिकरण) ले क्षतिपूर्ति नदिएको स्थानीय पीडितहरूले गुनासो गरेका छन् ।
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.६ कटहरेका पीडित बाबुराम राईको आफ्नो घर नजिकैबाट कोशी कोरिडोरले जवर्जस्ती विद्युतको पोल गाडेर तार टाँगेर लगेको भन्दै यस्तो गुनासो गरेका छन् ।
राईले आफ्नो घर नजिकै पोल नगाड्न र प्रसारण लाइन विस्तार नगर्न पटक/पटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले एक हप्तासम्म सशस्त्र र जनपथ प्रहरी राखेर जवर्जस्ती काम गरेको बताउनुभयो ।
परियोजनाका मुख्य व्यक्ति सोम पौडेल, इन्जिनियर सत्रुधन यादव र जिल्ला प्रशासन कार्यालय धनकुटामा लिखित निवेदन दिँदा पनि सुनुवाइ नभएको भन्दै पीडित बाबुराम राईको परिवारले गुनासो गरेका छन् ।
राईको ८५ वर्षीया वृद्ध आमा श्यामश्वरी राई सहित ९ जनाको परिवार हाल उक्त घरमा बसोबास गरिरहेका छन् । विद्युत्को पोल गाडेको स्थान र दुरी घरको छेउ देखी ५ मिटर पनि टाढा छैन । ५०–६० वर्ष देखी कटहरेमा बसोबास गरिरहेका राईको जम्मा ५ रोपनी जग्गा स्वर्गीय बुबा नरधे राईको नाम रहेको बाबुरामले बताउनु भयो ।
जसमध्ये कोरिडोरलाई १४ आना जग्गा पोल गाड्न दिएका थिए । शुरुमा पोल गाड्नको जग्गाको विषयमा कुरा मिलाउँदा घर छेउमा नपर्ने र कुनै किसिमको असर नगर्ने भने पनि अहिले घर देखी ५ मिटरको दुरीमा जबरजस्ती पोल गाडेर समस्या उत्पन्न गरेको पीडित राईको गुनासो छ ।
उनीहरूले १४ आना जग्गा परियोजनालाई पोल गाड्न दिए बापत २ लाख ६५ हजार पैसा समेत मुआब्जा लिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्