तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर र सङ्खुवासभाका स्थानीय तहसँग बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया

भोजपुर । पूर्वका भोजपुर र सङ्खुवासभा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमा तथा राजस्व परिचालनका विषयमा अन्तरक्रिया गरेको छ ।

दुई जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग मन्त्रालयको टिमले भोजपुरमा कार्यक्रम गरेर बजेट तर्जुमा तथा राजस्व परिचालनका विषयमा अन्तरक्रिया गरेको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, आर्थिक मामिला मन्त्रालयका सचिव उत्तर कुमार खत्री, आर्थिक मामिला मन्त्रालय बित्त व्यवस्थापन महाशाखाका प्रमुखहरू पकज भुर्तेल र गोविन्द आचार्य लगायतको उपस्थितिमा भएको अन्तरक्रियामा भोजपुरका २ नगरपालिका र ७ गाउँपालिका, सङ्खुवासभाको ५ नगरपालिका र ५ गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको मन्त्रालयका शाखा अधिकृत पुष्पलता उप्रेतीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले कार्यपत्र प्रस्तुत तथा  सहजीकरण गर्नु भएको थियो । बजेट तर्जुमा तथा राजस्वका विषयमा गरिएको कार्यक्रम निकै प्रभावकारी देखिएको आर्थिक मामिला मन्त्रालयका सचिव उत्तर कुमार खत्रीले बताउनुभयो । सचिव खत्रीले भन्नुभयो, भोजपुर र सङ्खुवासभा जिल्लाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग भएको छलफलले आगामी दिनमा बजेट तर्जु गर्न समेत मन्त्रालयलाई मद्दत पुर्‍याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button