अछाममा आरन पेशालाई आधुनिक बनाइँदै

अछाम । अछाममा निर्वाचित वडा सदस्यले सञ्चालन गर्नुभएको आधुनिक आरन व्यवसाय फस्टाउँदै गएको छ । पुर्ख्यौली आरन पेसालाई आधुनिक आरन व्यवसायका रूपमा सञ्चालन गर्नु भएको मेल्लेख गाउँपालिका वडा नम्बर ६ नन्देगडाका अम्बर लुहाले आरन व्यवसायबाट आयआर्जनको राम्रो उदाहरण पेश गर्नुभएको छ ।
पहिले खलो प्रथाबाट भाँडाकुँडा बनाउने तथा मर्मत गर्ने काम गर्नुभएका उहाँले शिवानी आरन उद्योग स्थापना गरी यसलाई व्यावसायिक बनाउनु भएको छ ।
अहिले आरन व्यवसायलाई आधुनिक तरीका अपनाएर सञ्चालन गर्नेहरू पनि बढिरहेका छन् ।
वडा सदस्य अम्बर लुहारले काम गरे बापतको मूल्य निर्धारण गरेर आरन सञ्चालनमा ल्याउनुभएको हो । यस्तै ४ बर्ष भारत बसेका मङ्गलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका करन कामी अहिले गाउँमै फर्किएर आफ्नै पुर्ख्यौली आरन पेसालाई व्यावसायिक रूपमा अगाडी बढाउनुभएको छ । ५० वर्षीय कामीले अहिले सदरमुकाम मङ्गलसेनमा यही व्यवसायबाट मासिक १४ हजारसम्म कमाउँदै आउनुभएको छ ।
उहाँहरू मात्रै होइनन् रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनका सेते विकले पनि आफ्नो आरन व्यवसायलाई आधुनिक बनाई सफल उद्यमी बन्नुभएको छ । उहाँले वडाको प्रमुख व्यापारिक केन्द्र खाल बजारमा सरस्वती आरन उद्योगको नाममा व्यवसाय चलाइरहनुभएको छ । अछामका सबै स्थानीय तह आरन लगायत अन्य पुर्ख्यौली पेसालाई आधुनिकीकरण गर्न प्रयासरत रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्