कञ्चनपुरमा २४ हजारभन्दा बढिले कोरोना विरुद्धको खोप लगाए
कञ्चनपुर । कञ्चनपुरमा माघ र फाल्गुन महिनामा गरी २४ हजारभन्दा बढिले कोरोना विरुद्धको खोप लगाएका छन् ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार दुई महिनामा २४ हजार ८ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
खोप लगाएका सबैमा सामान्य जरो बाहेक अन्य ठुलो कुनै समस्या नदेखिएकाले निर्धक्क भएर खोप लगाउन जनस्वास्थ्य कार्यालयका प्रमुख शिवराम सुनारले अनुरोध गर्नु भएको छ ।
विभिन्न अफवाह र हल्लाका कारण लक्ष्य लिएको भन्दा केही कमै मानिसले खोप लगाए पनि तुलनात्मक रुपमा खोप अभियान सफल भएको समेत उहाँले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्