तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल औषधी व्यवसायी सङ्घ उदयपुरको अध्यक्षमा दाहाल

उदयपुर । औषधी व्यवसायीहरूको छाता संस्था नेपाल औषधी व्यवसायी सङ्घको अध्यक्षमा उद्धव दाहाल चयन भएका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइको प्रमुख आतिथ्ययतामा सदरमुकाम गाई घाटमा सम्पन्न नेपाल औषधी व्यवसायी सङ्घको प्रथम जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति गठन गरेको हो ।
खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्लाका व्यवसायीलाई समेत समेटेर गठन गरिएको समितिको उपाध्यक्षमा शुरेसकुमार साह, महासचिवमा वीरेन्द्रकुमार झा, सचिवमा सनम राई, कोषाध्यक्षमा विजयकुमार साह र सह कोषाध्यक्षमा संजिव बस्नेत रहेको निर्वाचन समितिका सदस्य भरत खड्काले बताउनुभयो  ।
सदस्य खड्काका अनुसार सदस्यहरूमा कुमार सार्की, बल्लुकुमार गुप्ता र दिनेश्वर साह रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button