तपाईँ सुन्दै हुनुहुन्छः

पेस्तोलसहित तीन जना पक्राउ

रुपन्देही । पेस्तोलसहितका ३ युवालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित उनीहरूलाई मर्चवारी–७ कन्चनापुरबाट पक्राउ गरिएको हो ।
यसरी पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई–७ बेतकुईया बस्ने कनै हरिजनका छोरा वर्ष २४ को सुरज हरिजन, सोही ठाउँ बस्ने वंशीधर हरिजनको छोरा २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई–७ भुन्डिहवा बस्ने सोहर अलि मुसलमानको छोरा २६ वर्षीय सकिल मुसलमान रहेका छन् ।
मर्चवारी–७ कन्चनापुर स्थित प्रहरी चौकी पाण्डेपिप्रहवाबाट प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्यको कमाण्डमा खटेका ३ जना र सशस्त्र बीओपी पुर्नीकोटबाट खटेका २ जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्दा गोली नभएको कटुवा पेस्तोल फेला परेको हो । पेस्तोल र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको उनीहरूलाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button