ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले अहिलेको राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताउनुभयो ।
उहाँले आफ्नो पार्टी नेकपा (एमाले) भित्र देखिएको विवाद समाधान गर्न आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताउनुभयो ।
मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चार गृहलाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताउनुभयो ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकारका पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्