लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरेर अघि बढिनेः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको राजनीतिलाई सही बाटोमा हिँडाउन सबै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
पार्टीको महिला विभागले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको दुई दिने वाग्मती प्रदेशस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले काँग्रेस पार्टीले मात्रै महिलाको हित गर्ने बताउनुभयो ।
उहाँले प्रजातन्त्रको स्थायित्वका लागि महिलाको सङ्गठित सहभागिताले सहयोग गर्ने बताउनुभएको छ ।
उपसभापति विमलेन्द्र निधि, सह महामन्त्री डा प्रकाश शरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतका नेताले वर्तमान राजनीतिक सङ्कट समाधानका लागि नेपाली काँग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्