तपाईँ सुन्दै हुनुहुन्छः

झापा उद्योग संघका निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

भद्रपुर, झापा । झापाका उद्योगीहरूको निकै पुरानो संस्था झापा उद्योग सङ्घमा आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले आजदेखि कार्यभार सम्हालेको छ ।

सङ्घकै सभा हलमा आयोजित समारोहका बिच नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई सङ्घको माइन्यूट दिँदै वर्तमान अध्यक्ष टिकाराज ढकालले पद हस्तान्तरण गर्नुभएको हो ।

समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डरिाज ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई ओहोदाको प्रमाणपत्र वितरण गर्नुभयो ।

महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै सङ्घको गरिमा उच्च राख्न र उद्योगीहरूको समस्या समाधानमा नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक सुझाव–सल्लाह दिन उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

समारोहमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सङ्घको विधान अनुसार तीन जनालाई कार्यसमितिमा मनोनीत गरेको घोषणा गर्नुभयो ।

उहाँले कार्यसमितिमा रिक्त रहेको एक उपाध्यक्ष (कृषि, वन)–मा हेमराज ढकाललाई र सदस्यमा प्रतिष्ठित उद्योगी परशुराम अग्रवाल र बुद्धि घिमिरेलाई मनोनीत गरेको घोषणा गर्नुभयो ।

यही फागुन २२ गते निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको थियो ।

अध्यक्षमा यमबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शिवकुमार गुप्ता, उद्योग उपाध्यक्षमा दिपेश ढकाल, महासचिवमा दुर्गाप्रसाद भण्डारी, सचिवमा प्रदीपमणि रेग्मी, कोषाध्यक्षमा प्रदीप सरावगी तथा सदस्यमा चण्डीप्रसाद पराजुली, जयप्रकाश शर्मा, सुरेशकुमार अग्रवाल, विनय गोयल, रमेश पराजुली, सञ्जयकुमार पोखरेल, विनय गोयल, आदित्य पराजुली र महेश चित्लांगिया सर्वसम्मत निर्वाचित भएका थिए भने कार्यसमितिले उपाध्यक्ष हेमराज ढकाल, सदस्य परशुराम अग्रवाल र बुद्धि घिमिरेलाई मनोनीत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button