मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देही । मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारीअनुसार तिलोत्तमा–२ सिता राइस मिल अगाडि मोटरसाइकल दुर्घटना हुँदा सिद्धार्थनगर –७ भैरहवाका घलान रानाको मृत्यु भएको हो ।
शुक्रवार राति करिब ११ बजे भैरहवाबाट बुटवल आउँदै गरेको लु२२प २७७१ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।








प्रतिक्रिया राख्नुहोस्