तपाईँ सुन्दै हुनुहुन्छः

साल्पासिलिछोका ४५ घरमा खानेपानी सुविधा

भोजपुर । भोजपुर सदरमुकामबाट उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकाका वडा नम्बर ५ फेदीका पैंतालिस घरमा खानेपानी पुगेको छ ।

सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत सो वडामा खानेपानी बिस्तार भएको हो । आर्थिक वर्ष २०७७–०७८ को सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत साल्पासिलिछो गाउँपालिका वडा नं ५ फेदीमा खानेपानी योजना पुगेको छ ।

भोजपुरका सङ्घीय सांसद सुदन किराँतीबाट विनियोजित ५ लाख, गाउँपालिकाबाट १ लाख ५० हजार र वडा कार्यालयबाट ५ लाख गरी कुल ११ लाख ५० हजार बराबरको बजेटबाट खानेपानी बिस्तार भएको हो ।

खानेपानी योजनाको काम सम्पन्न भएपछि साल्पासिलिछो गाउँपालिका वडा नं ५ फेदीका ४५ घर परिवारमा खानेपानीको सुविधा पुगेको छ । योजना सम्पन्न भएर घरमै खानेपानी आएपछि फेदीवासी समेत खुसी देखिएका छन् । समयमा नै सम्झौता भई खानेपानी आयोजनाको काम शुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button