दलित महिलाहरूलाई सिलाई मेशिन वितरण
बारा । दलित महिलाहरूको आर्थिक अवस्था उकास्न बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.६ मा सिलाई मेसिन वितरण गरिएको छ ।
वडा नं.६ मा बसोबास रहेको १५ घरपरिवारबाट प्रत्येक घरपरिवार एक–एक जना महिलालाई सिलाई कटाई तालिममा समावेश गराई १५ वटा सिलाई मेसिन वितरण गरिएको वडा अध्यक्ष कैमुदिन अन्सारीले जानकारी दिनुभयो ।
वडा कार्यालयको आर्थिक सहयोगमा दलित महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने सिलाई कटाई तालिम आजैबाट सुरु भएको वडा सदस्य सिता ढुङ्गानाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्