भरुवा बन्दुकसहित एक जना पक्राउ
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–४, महछाँपका २१ वर्षीय प्रेमबहादुर कनौजे आफ्नै घरमा राखेको १ नाले भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
कनौजेले लुकाइछिपाई राखेको अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।
अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा कनौजेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्