तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सवारी दुर्घटना : तीनको मृत्यु, १० घाइते

 

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शनिबार बिहान  करिब ३ बजे तिर भएको दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रकसँग एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ वर्षीय मदन कुमार थापा क्षेत्री, बसका यात्री भारतीय नागरिकद्धय अन्दाजी ३५ वर्षीय अभयलाल कुश वाह र ४० वर्षीय सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बस चालक र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा बसमा सवार ७ जना र ट्रकका चालक, सहचालक र एक जना यात्रु सहित १० जना घाइते रहेको तथा उनीहरूको हेटौँडा र भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button