नरैनापुरका अग्निपीडितलाई आर्थिक सहयोग

बाँके । बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज अथकले नरैनापुर गाउँपालिकाका अग्निपीडितलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नरैनापुर गाउपािलका–१ सुईयामा भएको आगलागीका पीडितहरूलाई सांसद अथकले आर्थिक सहयोग गर्नुभएको हो ।
अग्निपीडितलाई भेट्न आज सुईया पुग्नुभएका सांसद अथकले आफ्नो पारिश्रमिक कटाएर २२ घर परिवारलाई पाँच हजारका दरले १ लाख १० हजार सहयोग उपलब्ध गराउनुभएको हो ।
त्यस क्रममा सांसद अथकले पीडितहरू परिवारका लागि घर निर्माणको पहल थालेको जानकारी समेत गराउनुभयो ।
सुरक्षित नागरिक आवास कार्यक्रम बाँके क्षेत्र नं. १ का संयोजक समेत रहनुभएका सांसद अथकले अग्निपीडितका लागि सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि प्रति घरपरिवार ५० हजारका दरले नगद उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।
साथै घर निर्माणका लागि आवश्यक झ्याल, ढोका जिल्ला आपूर्ति समितिमार्फत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्