प्राकृतिक स्रोत संरक्षणमा जुट्दै तातोपानी गाउँपालिका
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका प्राकृतिक स्रोत संरक्षणमा जुटेको छ । शुक्रवार सम्पन्न आठौँ गाउँसभा मार्फत “स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी विधेयक” २०७७ लाई पालिकाले अनुमोदन गरेको छ ।
तातोपानी गाउँपालिकाभित्रका जल, जमिन, जडीबुटी, जङ्गल लगायत प्राकृतिक स्रोत संरक्षण प्रवर्द्धन गरी आर्थिक आम्दानी गर्ने लक्ष्यका साथ नयाँ विधेयक ल्याइएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
प्राकृतिक स्रोत संरक्षणका साथै पालिकाभर फोहोर व्यवस्थापन, वातावरण संरक्षण, जैविक विविधता संरक्षण, वन तथा हरित क्षेत्रको संरक्षण र व्यवस्थापन, संस्थागत व्यवस्थापन, कसुर जरिवाना तथा क्षतिपूर्ति र विविध गरी ८ वटा परिच्छेदको प्राकृतिक संरक्षण विधेयक २०७७ आठौँ गाउँ सभाबाट बहुमतले अनुमोदन गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
गाउँभाबाट अनुदान भएको विधेयकलाई आउँदो कार्यपालिकाको बैठकले पारित गरी अक्षंरश कार्यान्वयनमा जोड दिइने अध्यक्ष न्यौपानेले बताउनुभयो । विधेयकमा जथाभाबी प्राकृतिक स्रोतको दोहन गर्ने तथा ऐन कानुन विपरीत प्राकृतिक स्रोत प्रयोग गर्नेलाई १५ हजारदेखि ३ लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्