फिफा विश्वकप छनौटः बाँकी तीन खेल नेपालले कुवेतमा खेल्ने
काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गत नेपालले खेल्न बाँकी तीन खेल कुवेतमा खेल्ने भएको छ ।
एसियन फुटबल महासङ्घले विश्वकप छनौट अन्तर्गत समूह बी मा रहेका सबै खेल तथष्ट मैदान कुवेतमा हुने भएको छ । कोरोनाका कारण ताइपेइ र अस्ट्रेलियाले आउन कठिनाइ भएको जनाएपछि दशरथ रङ्गशालामा हुने भनिएका खेलहरू स्थगित भएका थिए ।
अब एएफसीले छनौटका बाँकी खेल मे ३१ देखि जुन १५ सम्म हुनेछ । प्रतियोगितामा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । कोरोनाका कारण एएफसीले अन्तिम समयमा नेपालमा हुने खेलहरू स्थगित भएका थिए । त्यसपछि एएफसीले सहभागी सबै देशलाई खेल गराउनका लागि आवेदन दिन भनेको थियो । जसमा सबै सुविधा भएको हुनुपर्ने भनिएको थियो ।
त्यसमा एन्फाले पनि आवेदन दिएको थियो । तर सबै पूर्वाधार र सुविधा भएको कुवेतलाई समूह बी का खेलहरू गर्न जिम्मेवारी दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्