मध्यमा मिथिला परिक्रमामा मासु मदिरा विक्री वितरण र सेवनमा रोक
जनकपुरधाम । मध्यमा मिथिला मध्यमिकी परिक्रमाको विश्राम स्थलमा मासु मदिरा बिक्री वितरणमा स्थानीय प्रशासनले निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमाको डोला मार्गमा पर्ने सबै विश्रामस्थल र त्यसको एक किलोमिटर वरिपरि माछा मासु बेचबिखनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णले आज जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
परिक्रमाको डोला पुग्नु २४ घण्टा अगावैदेखि लागू हुने गरी पशुबध तथा माछा मासु बिक्री वितरण, सेवन नगर्न–नगराउन पनि सबैमा सूचना जारी गरिएको छ ।
१५ दिने मध्यमा मिथिला परिक्रमा भोलि धनुषाको ठेरा कचुरीस्थित मिथिला विहारी मंन्दिरवाट भगवान् रामको डोला तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरी जी माता सीताको डोरा उठेर जनकपुरधामको हनुमान गढीमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ ।
नेपाल भारतको साझा संस्कृति तथा धार्मिक पदयात्राको रुपमा रहेको मध्यमा मिथिला परिक्रमा नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरीमा यसमा सहभागी भक्तजनहरू खाली खुट्टा १५ दिनमा पुरा गर्ने चलन रहेको छ । यसमा नेपाल भारतका लाखौँ व्यक्ति सहभागी हुने गरेका छन् ।
यस पटक चैत्र १ गतेदेखि जनकपुरधामको हनुमान गढीबाट शुरु भएर पुनः १५ गते जनकपुरधाम आएर अन्तरगृह परिक्रमापछि समापन हुने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्