तपाईँ सुन्दै हुनुहुन्छः

बन्द घरमा आगलागी हुँदा एक घर जलेर नष्ट 

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको वडा नम्बर २ चम्पेको सिस्नेरीमा शुक्रवार भएको आगलागीमा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय चूडामणि खनालको घर जलेर नष्ट भएको हो ।

एक्कासि भएको आगलागीबाट घर जलेर नष्ट भएको स्थानीय प्रकाश खनालले बताउनुभयो । शुक्रवार बिहान घर भित्रबाट धुवाँ निस्किएपछि आगलागी सुरु भएको खनालले जानकारी दिनुभयो ।

आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, काठपात लगायत गरी ४० लाख बराबरको सामाग्रीहरू जलेर नष्ट भएको बताइएको छ । केही समयदेखि खाली रहेको घरमा बिहान एक्कासि आगलागी भएको थियो ।

आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले बन्द रहेको घरमा कसरी आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button