अखिल नेपाल महिला सङ्घको राष्ट्रिय भेला शनिबार

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले शनिबार काठमाडौँमा बृहत् राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
अनेमसंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ बृहत् राष्ट्रिय महिला भेलाको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
भृकुटी मण्डपमा हुन लागेको राष्ट्रिय भेलामा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने अनेमसंघ भेला आयोजक समितिका संयोजक सीता पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्