तपाईँ सुन्दै हुनुहुन्छः

महिलाहरूलाई क्रिष्टलको गहना बनाउने तालिम प्रदान

बारा । बाराको सिमरामा रहेको सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरूलाई आत्मनिर्भर बनाउन सात दिने  क्रिष्टलको गहना बनाउने तालिम प्रदान गरेको छ ।

महिला दिवसलाई आत्मनिर्भर बनाउन सघाउने गरी सहकारीले तालिमको आयोजना गरेको संस्थाकी अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो । उहाँले महिलालाई सीपमूलक बनाएर आत्मनिर्भर बनाउनु संस्थाको मुख्य उद्देश्य भएको जानकारी दिनुभयो ।

संस्थाकी अध्यक्ष लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वतीदेवी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

आर्थिक अवस्था कमजोर २० महिलालाई तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button