अछामका युवाको दैलेखको खोलामा डुबेर मृत्यु
अछाम । अछामका एक युवाको दैलेखमा खोलाले बगाएर ज्यान गएको छ । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्राका २१ वर्षका वीरेन्द्र भुलको पौडी खेल्न गएको बेला खोलाले बगाएर ज्यान गएको हो ।
दैलेख सदरमुकाम नारायण नगरपालिका वडा नम्बर ११ विन्ध्यवासिनीको लोहोरे खोलामा बिहीबार दिउँसो पौडी खेल्ने क्रममा वीरेन्द्रको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
मध्य पहाडी लोक मार्गमा काम गर्नुहुने भुललाई खोलामा डुबे लगत्तै उद्धार गरी दैलेख जिल्ला अस्पतालमा पुर्याइएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । लास जाँचपछि आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्