वरिष्ठ पत्रकार सुशील शर्माको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार सुशील शर्माको आज ६३ वर्षको उमेरमा निधन भएको छ।
फोक्सोसम्बन्धी समस्या भई काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका शर्माको आज दिउँसो उपचारका क्रममा निधन भएको हो।
उहाँले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्