तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा पनि एमालेको बोर्ड राखियो

धनकुटा  । अदालतको फैसलापछि नेकपा नामको बिवाद अन्त्य भएसँगै धनकुटामा पनि नेकपा (एमाले)को बोर्ड राखिएको छ ।

पाटी कार्यालयमा एक उद्घाटन कार्यक्रमको आयोजना गरेर जिल्ला कमिटी र नगर कमिटीको बोर्ड परिवर्तन गरिएको हो ।

बोर्ड ब्यानरको जिल्ला पार्टी अध्यक्ष राजेन्द्र कुमार राई र अग्रज नेता गोपाल गुरागाईँले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा एमाले नेताहरू चन्द्र बस्नेत, गणेश राई(उज्ज्वल), ईन्द्रमणी पराजुली, टङ्क चौहान, निरन राई, शिव आङ्ला, तारा तितुङ लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

उपस्थित सबैलाई पार्टी अध्यक्ष राईले शुभकामना दिनुभएको थियो ।

शनिबार जिल्लाका ७ वटै स्थानीय तह अन्तर्गतका पार्टीहरूको बोर्ड परिवर्तन गरिने एमाले धनकुटाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button