तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा १०३ बर्षीया विष्णुमायालाई खोप लगाइयो 

वीरगंज । वीरगंज महानगरपालिकाका ३२ वटै वडामा ६५ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाउने अभियान आजबाट शुरु भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर ५ मा १ सय ३ वर्षकी ज्येष्ठ नागरिक विष्णुमाया दहाललाई पहिलो खोप दिएर दुई दिने अभियान शुरु गरिएको वडा अध्यक्ष प्रदीप चौरसियाले जानकारी दिनुभयो ।
आज पहिलो दिनमै ८० जना भन्दा बढी ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । सो अवसरमा वीरगंज वडा नम्बर ५ कै ९० वर्षीय बाबुराम श्रेष्ठलाई समेत कोरोना विरुद्धको खोप लगाइएको थियो ।
वीरगंज महानगरपालिकाको वडा नम्बर ५ का स्वास्थ्य केन्द्रका इन्चार्ज डोलेन्द्र यादवको नेतृत्वको सुष्मा यादव, निता शाही, अनामिका यादव सहितको स्वास्थ्यकर्मीहरूको टोलीले ज्येष्ठ नागरिकहरूलाई खोप लगाएको थियो । कार्यक्रममा वडा सदस्य सुरज कुर्मी, मञ्जु परियार, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलकी उपाध्यक्ष अन्जु दहाल लगायतको सहभागिता रहेको थियो ।
त्यसै गरी वीरगंज महानगरपालिकाको वडा नम्बर १८ मा वडा अध्यक्ष ब्रम्हदेव प्रसाद कुर्मीको नेतृत्वमा कोरोना विरुद्धको खोप अभियान आजबाट शुरु भएको छ ।
६५ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई खोप लगाउने अभियान अन्तरगत वडा नम्बर १८ इनरुवा भवानीपुर निवासी ९० वर्षीय ज्येष्ठ नागरिक पनमा देवी लाई खोप लगाएर अभियान शुरु गरिएको वडा अध्यक्ष ब्रम्हदेव राउत कुर्मीले जानकारी दिनुभयो ।
सो अवसरमा स्वास्थ्य केन्द्रका प्रमुख निरामिष चौरसिया, खोप समन्वय समितिका पदाधिकारी राजकुमार सिंह, वीरेन्द्र राउत कुर्मी, छोटेलाल प्रसाद कुर्मी, स्वास्थ्यकर्मी चन्द्र किशोर राम, मनिला साह, आरती यादव लगायतको सहभागिता रहेको थियो ।
यसै गरी वडा नम्बर २६ मा पनि आजबाट दुई दिने खोप अभियान शुरु भएको र ६५ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको वडा अध्यक्ष शम्भु मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button