तपाईँ सुन्दै हुनुहुन्छः

बारामा कुहिएको अवस्थामा एक बालकको शव फेला 

बारा । बारामा कुहिएको अवस्थामा एक बालकको शव फेला परेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित  १४ वर्षीय सहिद हुसेन मिया अन्सारीको शव हुन सक्ने प्रहरीले अनुमान रहेको छ ।
बिहान खेतमा काम गर्न गएकाहरूका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शवलाई देखेर गाउँलेहरूलाई जानकारी गराएकी थिइन । फूलबारीको छेउमा रहेको छाइमा फालिएको अवस्था भेटिएको उक्त शव लगभग गलिसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रहरीले बालकले लगाएको कपडा र चपलबाट अन्सारी नै हुन सक्ने अनुमान गरे पनि यस बारे थप अनुसन्धान नभए सम्म केही भन्न नसकिने बाराका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
सो घटना बारे थप अनुसन्धानका लागि कुकुरको प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अन्सारी फागुन ११ गते देखि हराएको प्रहरीमा निवेदन परेको थियो ।
प्रहरीले खोज तलास गर्दै आएको तर, बालक फेला नपरेको र आज बरामद गरिएको शव सो बालककै हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button