तपाईँ सुन्दै हुनुहुन्छः

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज । सप्तरी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ का बिन्देश्वर यादवको छोरा तत्कालीन बर्ष ४५ को भोलेन्द्र प्रसाद यादव रहका छन् ।

सप्तरी  जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा २०७३ साल भदौ १५ गते ९ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

गाउँमै लुकिछिपी बसेको अवस्थामा खटिएको प्रहरीको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि म्याद थप गर्न शुक्रवार जिल्ला अदालत सप्तरीमा पेस गरिएको प्रहरीले जनकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button