आगलागी पीडित परिवारलाई खाद्यान्न सामाग्री सहयोग

कञ्चनरुप । सप्तरीको कञ्चनरुपमा आगलागी पीडित परिवारलाई समाजसेवी तथा नेपाली काँग्रेसका क्षेत्रीय सह–सभापति ललन प्रसाद गुप्ताले खाद्यान्न लगायतका सामाग्रीहरू सहयोग गर्नुभएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ बकालका जग्दिश साह र नारायण साहको घरमा आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भई समस्यामा परेका परिवारलाई राहत स्वरूप खाद्यान्न सहयोग गर्नुभएको हो ।
समाजसेवी ललनप्रसाद गुप्ता वकालस्थित पीडित परिवारको घरमै पुगी आगलागीको निरीक्षण गरी पीडित परिवारलाई दैनिक गुजारा चलाउन तत्काललाई आवश्यक चामल १ बोरा, भुजा १ बोरा , झुल २ थान, बाल्टिन, जग लगायतका खाद्यान्नहरू सहयोग गर्नुभएको छ ।
दुःख तथा पिर मर्कामा परेका पीडित परिवारहरूलाई सहयोग गर्न पाउनु आफ्नो दायित्व रहेको गुप्ताले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्