तपाईँ सुन्दै हुनुहुन्छः

‘सातै प्रदेशका पर्यटकीय गन्तव्यहरू पहिचान गरी विकासका सम्भाव्यता अध्ययन गर्नुपर्ने’

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सातै प्रदेशका पर्यटकीय गन्तव्यहरू पहिचान गरी विकासका लागि सम्भाव्यता अध्ययन गर्न सके समृद्धि हासिल गर्न सकिने जनाएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सदस्यहरूले मन्त्री परिवर्तनसँगै नीति र कार्य योजना समेत परिवर्तन गरिने परिपाटीले दिगो पर्यटनलाई असर पारेका भन्दै यस्तो प्रकारको परिपाटी अन्त्य गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा समग्र पर्यटकीय क्षत्रको विकासका लागि विज्ञहरूको सहभागितामा दीर्घकालीन योजना बनाइनुपर्ने, नेपाली मौलिकता झल्किने खालको विकासमा ध्यान दिनुपर्ने लगायतका विषयमा सदस्यहरूले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

यसै गरी उहाँहरूले नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा पशुपति क्षेत्र विकास कोषले गरेका कामको विषयमा अनुगमन गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button