तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुकसहित एक युवक पक्राउ 

सुनसरी ।सशस्त्र प्रहरीको गस्ती टोलीले सुनसरीको बराह क्षेत्र नगरपालिका २ बाट भरुवा बन्दुकसहित १ युवालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो उदयपुरको बेलका नगरपालिका ९ का २२ वर्षीय सुमन राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प चतराका सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
बन्दुकसहित फेला परेका राईलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय चतरा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button