तपाईँ सुन्दै हुनुहुन्छः

कालोबजारी गर्ने व्यापारी पक्राउ 

सुनसरी । प्रदेश नम्बर १ मोरङ विराटनगर–११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई मोबिल र इनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो विराटनगर ११ जनपथमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोबिल सहितको १५ वटा ड्रम, २० लिटरको मोबिल सहितको ३ वटा ड्रम, १० लिटरको मोबिल सहितको २ वटा बाल्टी, १ लिटरको मोबिल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० पिस, सर्वोको स्टिकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर सर्वोको स्टिकर लगाएको १०० थान, स्टिकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको इनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।
खेम्काले विगत २० बर्ष अगाडि देखि गोदाम भाडामा लिई नक्कली मोबिललाई सर्वोको स्टिकर टाँसी विक्री वितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भइरहेको सो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button