तपाईँ सुन्दै हुनुहुन्छः

रामधुनीमा थारु समुदायको संग्राहलय निर्माण

सुनसरी । प्रदेश १ मा सबै भन्दा बढी थारु समुदायको बसोबास रहेको सुनसरीको रामधुनीमा उनीहरूको कला, संस्कृति र भेषभुषा संरक्षणका लागि संग्राहलय निर्माण गरिएको छ ।
सुनसरीको रामधुनी–२ शिवनगरमा आदिवासी  थारु समुदायको पहिचान, कला, संस्कार, सस्कृती र पोशाक झल्काउने संग्राहलय निर्माण गरिएको हो ।
रामधुनी नगरपालिकाको पहलमा निर्माण गरिएको संग्राहलयको नाम आदिवासी जनजाति संग्राहलय राखिएको छ । संग्राहलय व्यवस्थापन समितिका अध्यक्ष फागुलाल चौधरीले आदिवासी जनजाति थारु समुदायको मानवको जन्म देखि मृत्यु सम्मका विषयलाई संग्राहलयमा सङ्ग्रह गरिएको जानकारी दिनुभयो ।
चौधरीले समाजबाट हराइरहेको तथा लोपोन्मुख अवस्थामा रहेको कतिपय सस्कृती जगेर्ना गर्न र भावी पुस्तालाई इतिहास बुझ्न सजिलो पार्ने गरी संग्राहालय सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले थारु सहित अन्य आदिवासीहरूको पनि कला, संस्कृति संस्कार झल्किने सामग्री राखिने तयारी भएको बताउनुभयो । संग्राहलयको भित्तामा थारु समुदायको जीवनी चित्रण गरिएको चौधरीको भनाई छ । यसले गर्दा आदिवासी थारु समुदाय यहाँको प्राचीन जाती रहेको प्रष्ट हुन्छ ।
परापूर्व कालमा यी समुदायमा बच्चा जन्मिदा गाउँमा अनुभवकै आधारमा सिकेको डगरिनले बच्चा र सुत्केरी आमाको स्याहार सुसार गर्ने चलन थियो । समुदायको जीवनी परापूर्व कालदेखि कृषि क्षेत्रमा आश्रित रहेको देखाइएको छ ।
धान दौनी गर्ने मेह, धानको बीउ राख्ने मेर, पशुपालनका लागि परालको छात, बास र काठको घर, आङन, बसघरा, खानेपानीको लागि इनार, खानेपानी राख्ने घैल्ची, चामल बनाउने ढिकि, जातो, औखल, मुसराको संग्राहलयमा चित्रण गरिएको पत्रकार धिरेन्द्र चौधरीको भनाई छ ।
चौधरीका अनुसार परापूर्व कालमा सामान ओसार पसारका लागि प्रयोग गरिने बैल गाडा, सामान राख्ने सन्दुक , हलो, कोदालो सहितको संग्राहलयमा सजाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button