जनावरबाट पीडितलाई रु ३९ लाख राहत

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख ९ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।
आरक्षको कार्यालयले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई रु १०÷१० लाख गरेर जम्मा रु २० लाख, घाइते भएका सात परिवारलाई रु ३ लाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई रु ९ लाख ९३ हजार ५ सय, घरगोठ क्षती गरेका ७९ परिवारलाई रु ४ लाख १८ हजार ५ सय र भण्डारण गरेको अन्नपात क्षती भएबापत रु १ लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्